जापानमा भूकम्पपीडितका लागि विशेष राहत समिति गठन

7328406-3x2-700x467टोकियो । जापानको क्युसुमा शक्तिशाली भूकम्पपछि त्यहाँका भूकम्पपीडितलाई सहयोग गर्नका लागि विशेष राहत समिति गठन गरिएको छ ।

जापानस्थित नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको संयुक्त पहलमा समिति गठन गरिएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुदन थापाको संयोजकत्वमा गठित समितिमा जिज्ञान कुमार थापा, टासी वाङ्दी लामा, टंक गैरे, बुद्धिराज घिमिरे, नन्दु गैरे, यामलाल कँडेल, क्युसु क्षेत्रीय समिति र कुमामोतो स्थानीय कमिटि सदस्य रहेका छन् ।

यसैगरी समितिमा कार्यवहाक नेपाली राजदूत गेहेन्द्र राजभण्डारी र गैरआवासीय नेपाली संघ आईसीसीका उपाध्यक्ष भवन भट्ट संरक्षक रहेका छन् ।

समितिले कुमामोतो भूकम्पपीडितका नाममा कुनै स्टेशनमा बसेर पैसा संकलन नगर्न आग्रह गरेको छ ।

कुमामोतोलाई केन्द्रित गरी हरि देवकोटा संयोजक तथा शिव कँडेल उपसंयोजक रहेको स्थानीय समन्वय कमिटि समेत बनाइएको छ ।

समितिले आपत्कालीन शिविर तथा सुरक्षित स्थानमा जान प्रेरित गर्न, सूचनाहरु प्रवाह गर्न तथा पीडितलाई आवश्यक सहयोग गर्न पनि अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?