जापानमा शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेकाे संख्या ९ पुग्याे, ७ सय बढी घाइते

japan8टाेकियाे । बिहीबार साँझ जापानकाे क्युसु आइल्यान्डको कुमामोटोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेकाे संख्या ९ पुगेकाे छ ।

भूकम्पमा परि अन्य ७ सय ६० जना घाइते भएका छन् ।

उक्त भूकम्पकबाट ४० हजार मानिसहरु प्रभिावित भएको जापानी अधिकारीहरुले जनाएमा छन ।

जापानको मौसम बिभागका अनुसार दक्षिणी क्षेत्र केन्द्रविन्दू भएर स्थानीय समयअनुसार बिहीबार राति ९ः२६ मा ६ दशमलव ४ म्याग्नेच्युटकाे  भूकम्प गएको थियाे ।

शक्तिशाली भूकम्प गएको ४० मिनेटपछि पुनः ५ दशमलव ७ म्याग्नेच्युटको पराकम्पन गएको थियो ।

लगातार पराकम्पनन गएपछि त्यहा मानिसहरु रातभरी नै बाहिर बसेका थिए ।

भूकम्पका कारण धेरै भवन भत्किएका र भग्नावशेषमा थप मानिस पुरिएको हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन् ।

भूकम्पका कारण धेरै घरहरु भत्किएका छन भने विद्युत तथा ग्यास आपूर्ति बन्द भएको छ । भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन ।

japan6

japan3

वबउबल

japan5

japan4

japan11

eart

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?