जापानमा सिटी एक्सप्रेसकाे प्रायोजनमा मैत्रीपूर्ण फुबटल सम्पन्न

photo 1टोकियो । जापानमा माइदो मसला मार्टले आयोजना गरेको मैत्रीपूर्ण फुटबलको उपाधी चितवन समाज कान्साईले हात पारेको छ ।

सिटी एक्सप्रेसको प्रायोजनमा अयोजित फुटबलमा एनआरएनए कान्साई, चितवन समाज कान्साई, क्रिएटिभ युथ क्लब, कोबे नेपाली समाज, गैरे सेवा समाज तथा कान्साई विद्यार्थी टिम सहभाथी भएका थिए ।

निशोनोमिया हामा फुटबल मैदानमा भएको खेलमा सबै टिमलाई पछाडि पार्दै चितवन समाज कान्साई विजयी भएको हो ।

विजेता टिमका खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त मैत्रीपूर्ण फुटबलको प्रमुख अतिथि समेत रहेका समाजसेवी आत्माराम गैरे तथा अतिथिहरु एनआरएनए कान्साईका संयोजक टिकाराम कंडेल, चितवन समाज कान्साईका संयोजक मुक्तिराम खरेल तथा युवा व्यवसायी हरि राज ढकाल, दिपक गौतमले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

photo 2photo 3photo 4photo 5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?