जापानको चिवामा ड्रोनबाट ‘होम डेलिभरी’ को परीक्षण

chiba-city-goodटोकियो । जापानको चिवामा ड्रोनबाट ‘होम डेलिभरी’ सुविधाका लागि परीक्षण गरिएको छ ।

जापानको चिवामा सरकार र निजी कम्पनीबीचको सहकार्यमा होम डेलिभरीको परीक्षण गरिएको हो ।

उक्त ड्रोनमा घरमा आवश्यक पर्ने सामाग्रीहरु राखिएको थियो ।

यसका लागि जापान सरकार, चिभा शहर, अनुसन्धान संस्था र निजी कम्पनीले लगानी गरेका थिए ।

परिक्षण सफल भएमा २०२० देखि जापानमा होम डेलिभरीको काम ड्रोनको मद्दतले सुरुवात गर्ने जनाइएको छ । २०२० मै जापानले ओलम्पिक र प्यारा ओलम्पिक खेलको समेत आयोजना गर्दैछ ।

यसअघि परीक्षणको क्रममा पहिलो पटक जापानको ग्रामीण स्थानमा ड्रोनको प्रयोग गरि समान डेलिभरी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?