मगर संघ जापानको १८ औं महाधिवेशन अप्रिल १७ मा हुने

magar-sangh-japanजापान । मगर संघ जापानको १८ औं महाधिवेशन अप्रिल १७ तारिखमा हुने भएकाे छ ।

मगर संघ जापानका महासचिव योगेन थापा मगरले यही अप्रिल १७ मा टोकियोको ईकेबुकुरो टोसीमा कु वार्ड कम्युनिटी सेन्टरमा १२ बजे देखि संघकाे महाधिवेशन गर्ने जानकारी दिएका हुन् ।

सोही दिन साढे तीन बजे देखि साढे चार बजे सम्म संघको बन्द सत्र हुने महासचिव थापा मगरकाे भनार्इ छ ।

मगर संघ जापानले विधान परिक्षेद (४) को धारा (१२) बमोजिम महाधिवेसन हुन लागेको जनाएको छ ।  संघले जापानमा रहेका संघसँग आवद्ध वरिष्ठ संरक्षक, सल्लाहाकार र सदस्यहरुलाई अनिवार्य उपस्थित हुन आग्रह गरेको छ ।

नेपाल मगर संघको प्रवासी संगठनकाे रूपमा रहेकाे मगर संघ जापानले विकासका लागि जापानमा भएका संघ, संस्थाहरुसंग हातेमालो गर्दै जापानका विभिन्न क्षेत्रमा छरिएर रहेका मगरहरुलाई एकीकृत गर्दै, सामाजिक उदेश्यका लागि लामो समय देखि जापान काम गर्दै आएको छ।

महाअधिवेशन संम्बन्धि थप जानकारीका लागि किरण थापा मगर (०८०३५९७११०५) दिपक बुर्जा मगर (०८०३७०८५५५०) योगेन थापा मगर(०८०४०५५५७८१) सम्र्पकको गर्न सकिने संघले जानकारी गराएको छ ।

साथै आईतबार टिका राना मगरका लागि संकलन गरिएको रकम दुईलाख पचपन्न येन् उनकी दिदी कौसिला लिम्बु लाई हस्तान्तरण गरिएकाे छ ।

Magar 1 Magar

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?