जापानमा अपार्टमेन्टबाट खसेर ६ वर्षीय बालिकाको मृत्यु

japan flAGटोकियो । जापानको ओशाकास्थित एक अपार्टमेन्टबाट खसेर ६ वर्षीय बालिका मोमोका सासकीको मृत्यु भएको छ ।

आफू बस्दै आएको अर्पाटमेन्टको ४३ औं तलबाट खसेर बालिकाको मृत्यु भएको थियो ।

घटना हुनु अगाडि बालिका आकाशमा उडिरहेको एनेमेशन सिरियल हेरिरहेको बताईएको छ ।

उक्त एनेमेशन सिरियल हेरेलगत्तै सिरियलमा देखाइएजस्तै अभिनय गर्नेक्रममा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

दुर्घटनालगत्तै उनलाई उपचारका लागि अस्पताल लगिएकी उनलाई मृत घोषित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?