टोकियोमा हुने म्युजिक मेलाको अफिसियल ट्रेलर यस्तो छ (भिडियो सहित)

टोकियो । जापानको टोकियोमा हुने बृहत साँगीतिक कार्यक्रमको आफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

मिडिया म्यासेज प्रा.लिद्वारा नेपाल सन्देशको तेस्रो बार्षिक उत्सवको उपलक्ष्यमा यही मे १ तारिखमा ओता सिटी इकेगामी हल टोकियोमा म्युजिक मेलाको आयोजना गरिदैँछ ।

म्युजिक मेलाका लागि लोकप्रिय गायक सुगम पोखरेलसहित नविन पौडेल, सम्झना लामिछाने मगर, सहिमा श्रेष्ठ र निर्णय एनएसकेलगायत जापान आउने निश्चित भइसकेको छ ।

म्युजिक मेलाका लागि जापानमा टिकट वितरणको काम समेत सुरु भइसकेको कार्यक्रम संयोजक नविन निउरेले जानकारी दिए ।

टिकटको मूल्य भीभीआईपीका लागि १० हजार येन र सामान्य टिकटको २५ सय जापानी येन राखिएको छ ।

मे १ तारिख बेलुका ४ बजेदेखि सुरु हुने म्युजिक मेलामा सहभागी हुन जापानमा रहेका सम्पूर्ण नेपालीहरुमा मिडिया म्यासेज प्रा.लिले अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?