अनेसास जापानको ३६ औं साहित्य शृङ्खला तथा शुभकामना आदानप्रदान २३ अप्रिलमा

anesas japanटोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले ३६ औं साहित्य शृङखला तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपाली नयाँ वर्ष २०७३ को अवसरमा शुभकामना आदान प्रदान र ३६ औं साहित्य शृङखला आयोजना गर्न लागिएको अनेसास जापानले जानकारी गराएको हो ।

अनेसास जापानका महासचिव दपि पाठकले यही अप्रिल २३ तारिख शनिबार चौतारी रेष्टुरेन्ट नागोयामा गरिने कार्यक्रममा सहभागी भइदिनका लागि अनुरोध गरेका छन् ।

अनेसासले हरेक तीन–तीन महिनामा साहित्यिक शृङ्खलाको आयोजना गर्दै आएको छ । यसअघिको साहित्यिक शृङखला कार्यक्रम टोकियोको सोलमारी रेष्टुरेन्टमा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?