जापानी वायु सेनाको जेट विमान दुर्घटनामा ६ जनाको मृत्यु

Japan Boingटोकियो । जापानको वायु सेनाको जेट विमान दुर्घटना हुँदा चालकदलका सदस्यसहित सबै ६ जनाको मृत्यु भएको छ ।

वायु सेनाको वोइड विमान जापानको दक्षिण पश्चिमस्थित कागोसिमा हिमालमा दुर्घटना भएको हो । मुत्यु भएका मध्ये चार जनाको शव विहीबार र दुई जनाको शव शुक्रबार भेटिएको थियो ।

जापनका रक्षा मन्त्री गेन नाकातानीले विमानमा कार्यरत सबै कर्मचारीको मृत्यु भएको पुष्टि गरेका हुन् ।

मुत्यु हुनेमा ४६ वर्षीय विमान चालक माज मासुरी हिरोकी, ३४ वर्षीय सहायक विमान चालक टिसुकासा हारागुची, ५२ वर्षीय प्राविधिक हिरोक्की सिरातोरी, २७ वर्षीय कर्मचारी युटा किकिमा, ४३ वर्षीय इको वातानाकी, ३४ वर्षीय तेपी योनिजावा रहेको मन्त्रालयले जनाएको छ ।

दुर्घटनाग्रस्त विमानका टुक्राहरु २००० देखि ३००० मिटरको उर्चाइमा टाकाकुमा हिमाल नजिक भेटिएका बताईएको छ ।

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स खोजीकार्य भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?