एनआरएनए जापानले सदस्यता परिचयपत्र वितरण गर्ने

nrn-japanटोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानले पहिलो पटक आफ्ना सदस्यहरुका लागि सदस्यता परिचयपत्र वितरण गर्ने भएको छ ।

आगामी केही महिनाभित्रमा एनआरएनए जापानका सबै सदस्यहरुलाई परिचय पत्र तयारी गरि वितरण गरिने अध्यक्ष सुदन थापाले बताए ।

एनआरएनए जापानको हालै बसेको पदाधिकारी बैठकले परिचय पत्र तयार गरी वितरण गर्ने निर्णय गरेको थियो ।

यसैवीच एनआरएनए जापानका करिब चार हजार दुईसय जना सदस्यलाई वितरण गर्न लागिएको परिचयपत्र कार्डमा प्रायोजन गर्न इच्छुक कम्पनीलाई इच्छापत्र दर्ता गर्न अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?