भूकम्प पीडितको सहयोगार्थ घुम्टे नौमती बाजा समूहले सांस्कृतिक साँझ गर्ने

ghumte-naumati-japanटोकियो । लोक संस्कृतिको जगेर्ना गर्नुको साथै गोरखा वारपाकका भूकम्प पिडितहरुलाई सहयोग गर्ने उदेश्यले जापानमा घुम्टे नौमती बाजा समूहले लाईभ सांगीतिक रमझम साँझ कार्यक्रम गर्ने भएको छ ।

अप्रिल २४ तारिख आईतवारमा सम्पन्न हुने सो कार्यक्रममा नेपाली कलाकर्मीहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

सो कार्यक्रममा नेपाली कलाकारहरु कालीका रोका, सबिना गुरुङ र मदन थापा सहीत जापानमा रहेका चर्चित कलाकारहरु र घुम्टे नौमती बाजा समुह जापान को पनि विशेष सांगीतिक रमझम प्रस्तुत हुने घुम्टे नौमती बाजा समुहका संयोजक चन्द्र खत्रीले जानकारी गराएका छन् ।

सो कार्यक्रममा उपस्थित भई नेपाली लोक संस्कृतिको रक्षा र जगेर्ना गर्ने अभियानलाई सहयोग पुराउन आयोजकले अनुरोध समेत गरेको छ ।

कार्यक्रम गर्ने मिति, समय र स्थान

मिति :२०१६ अप्रिल २४, आईतवार

समय : बेलुका ५ बजेदेखि ९:३० बजे सम्म

स्थान : टोसिमा कुमिन सेन्टर हल (Toshima kumin center hall)

ठेगाना : टोकियो, टोसिमा- कु हिगासी (Tokyo-to,Toshima-Ku Higasi Ikebukuro 1-20-10)

समपर्क नम्बर : 080-4674-3670, 090 5015 4384

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?