टोकियो । जापानमा यही अप्रिल १७ तारिखमा नेपाली चलचित्र ‘प्रेम गीत’ को प्रदर्शन हुने भएको छ ।
जापानको टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा अप्रिल १७ तारिख आइतबार बेलुका ५ बजे चलचित्र प्रदर्शन गर्न लागिएको हो ।
ओम शान्ति ओम इन्टरटेनमेन्टको आयोजनामा चलचित्र प्रदर्शन गर्न लागिएको इश्वर श्रेष्ठले बताए ।
प्रेम कथामा आधारित रहेको चलचित्र ‘प्रेम गीत’ मा नायिका पूजा शर्मा, नायक प्रदिप खड्का, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, राजाराम पौडेललगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
सन्तोष सेनले निर्माण गरेको चलचित्र ‘प्रेमगीत’ लाई सुदर्शन थापाले निर्देशन गरेका छन् । माघ २९ गते रिलिज भएको प्रेमगीतले सफलतापूर्वक ५१ दिन मनाइसकेको छ ।