एनआरएन कान्तोले गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित

nrn-kanto-japanटोकियो । गैरआवासीय नेपाली संघ जापान कान्तो क्षेत्रीय समितिले अप्रिल १६ मा गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ ।

सिनानोमाचि टीकेपी भवनमा १६ तारिख दिउँसो १ बजेदेखि अन्तरक्रिया गर्ने यसअघि तय भएपनि प्राविधिक कारणबश स्थगित भएको हो ।

जापानमा रहेका नेपाली विद्यार्थीहरुलाई लक्षित गरी विशेष अन्तरक्रिया संञ्चालन गर्न लागिएको भएपनि प्राविधिक कारणवश स्थगित गर्नुपरेको र अर्को कार्यक्रम चाँडै गर्ने तयारी भइरहेको एनआरएन कान्तोका सचिव नविन निउरेले जानकारी दिए ।

नेपाली विद्यार्थीहरुका लागि जीवनोपयोगी कामको खोजी गर्ने र विद्यार्थीहरुलाई विश्वविद्यालयमा अध्ययनमा सहज र छात्रवृत्ति लिन सहज गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको थियो ।

जापानमा अध्ययन गर्दा आउने अवसर र चुनौती तथा पाउने दुःखहरुका विषयमा चाँडै नै अर्को कार्यक्रम ल्याउने पनि सचिव निउरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?