जापानको चिवामा ४१ वर्षीय महिलाको छुरा प्रहार गरी हत्या

Japanटोकियो । जापानको चिवामा ४१ वर्षीय एक महिलाको छुरा प्रहार गरी हत्या भएको छ ।

चिवा प्रहरीले सोमबारराति आफ्नै अपार्टमेन्टमा मृत भेटिएकी ति महिलाका हत्याबारे अनुसन्धान भइरहेको जनाएको छ ।

रिना कायानो नामकी ती महिलालाई सोबारराति १० बजेतिर उनका बाबुले अपार्टमेन्टमै मृत अवस्थामा भेटेका थिए । उनी सो दिन काममा समेत नगएको उनी कार्यरत कम्पनीले जनाएको छ ।

उनको शब पेट, गर्दनलगायतका स्थानमा छुरा प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको थियो ।

उनले ७ वर्षका लागि सो अपार्टमेन्ट भाडामा लिएको र उनी कुनै तनावमा समेत नदेखिने गरेको छिमेकीको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

प्रहरीले उनको पैसा र मूल्यवान सामानहरु अपार्टमेन्टमा रहेको जानकारी दिँदै कसैले कुनै रिसिइबीका कारण हत्या गरेको हुनसक्ने जनाएको छ ।

प्रहरीले उनका नातेदारलाई केन्द्रीत गरेर अनुसन्धान अघि बढाउने समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?