जापानमा अहिलेसम्मकै बढी एम्बुलेन्स प्रयोग, मन्त्रालयको यस्तो आग्रह

Ambulance-by-Miki-Yoshihitoटोकियो । जापानको फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सी (एफडीएमए) तथा स्वास्थ्य र श्रम मन्त्रालयले आपतकालीन अवस्था बाहेक एम्बुलेन्स प्रयोग सीमित गर्न आग्रह गरेको छ ।

आपतकालीन अवस्थामा प्रयोग गरिने एम्बुलेन्स सामान्य घटनाहरुमा पनि अत्याधिक मात्रामा प्रयोग हुन थालेपछि यस्तो आग्रह गरेको हो ।

सन् २०१५ मा जापानको इतिहासमै सबैभन्दा बढी ६ लाख भन्दा धेरै घटनाहरुमा एम्बुलेन्स प्रयोग भएको पाइएको छ ।

जापानका अस्पतालहरुले मात्रै गत वर्ष ५ लाख पटक एम्बुलेन्स प्रयोग गरेको फुजी टिभीको रिपोर्टमा उल्लेख छ ।

जापानका सरकारी अधिकारीहरुले एक अस्पतालबाट अर्को अस्पतालमा विरामी लैजानु परेमा सामान्य अवस्थामै पनि एम्बुलेन्सको प्रयोग भएको पाइएको बताएका छन् ।

एम्बुलेन्स प्रयोगको यस्ता अवस्थापछि मन्त्रालयले नै विरामीको अवस्था गम्भीर नभएको अवस्थामा एम्बुलेन्सको प्रयोगमा कमी ल्याउन आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?