जापानमा नेपाली साँगीतिक साँझ २०१६ हुँदै

टोकियो । जापानको टोकियोमा नेपाली साँगीतिक साँझ हुने भएको छ । जापानमा सिद्धार्थ बैंक तथा रेमिट्यान्सले सेवा सुरु गरेको अवसरमा भव्य सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

टोकियोको नाकानो जिरो हलमा आगामी २ तारिखका दिन साँगीतिक साँझ २०१६ हुनेछ ।

उक्त कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरु मनोज गजुरेल, हास्य कार्यक्रम भद्रगोलका जिग्री कुमार कट्टेल, पाँडेबुढा अर्जुन घिमिरे तथा लोकप्रिय पपगायक निमा रुम्वा, लोक गायिका काजल गुरुङ लगायतको विशेष प्रस्तृति रहनेछ ।

यसैगरी नेपाली चलचित्रकी नायिका ऋचा शर्माको नृत्य तथा प्रस्तुति रहने आयोजकले जनाएको छ ।Nepali-Sangh

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?