नयाँ वर्षको अवसरमा टोकियोमा डान्स पार्टी

DJटोकियो । नेपाल इन्टरनेशलन डीजे एसोसियनको आयोजनामा नेपाली नयाँ वर्षको अवसरमा शिन्जुकुमा डान्स पार्टी आयोजना हुने भएको छ ।
अप्रिल १६ तरिख शनिबारका दिन म्युजिक मुभी इन्टरटेन्मेन्ट समुहको प्रस्तुतिमा युनिभर्सल सिटी हल शिन्जुकुमा डान्स पार्टी हुने आयोजकले जानकारी दिएको छ ।

डान्स पार्टीमा डीजे रेशम नागोया, डीजे लाक्पा तोयााहाशी, डिजे नविन टोकियो र डिजे saw run को धमाकादार प्रस्तुति रहने आयोजक नेपाल इन्टरनेशलन डीजे एसोसियन जनाएको छ ।

यस्तै एसोसियसनले नेपाली नयाँ वर्षलाई थप मनोरजनात्मक बनाउन, जापानमा रहेको नेपालीलाई एकतामा बाध्न र नेपालीहरु बिच शुभकामना अदान प्रदानको लागि उपयुत्त हुने आयोजकले विश्वास लिएको छ ।

यसैगरी उक्त कार्यक्रमाबाट संकलन रकम बिशुद्ध समाज सेवामा कार्यमा लगाइने पनि आयोजकले जनाएको छ ।

उक्त डान्स पार्टीमा जापानमा रहेका सम्पूर्ण नेपाली समाजसेवी ,नेपाली संघसस्थाका प्रतिनिधीहरु, बिभिन्न क्षेत्रका व्यवसायीहरु, बिद्यार्थीहरुमा उपस्थितीको लागि निमन्त्रणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?