टिका राना मगर बचाउँ अभियानमा करिब साढे ४ लाख संकलन

सन्तोष चोखाल, टोकियो । जापानमा अध्ययरत नेपाली विद्यार्थी टिका राना मगर बचाउ अभियानमा करिब साढे ४ लाख जापानी येन संकलन भएको छ ।

अभियान समाप्त भएसँगै राना मगरको मुटुको भल्वको उपचारका लागि संकलन गरिएको रकम एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।
गोर्खा निवासी राना मगरको उपचारका लागि नेपाल जापान विद्यार्थी समाज र हामीले नगरे कसले गर्ने ? अभियान जापानको संयुक्त सहकार्यमा अभियान सञ्चालन गरिएको थियो ।

करिब १० दिने अभियानमा ४ लाख ३७ हजार ३ सय ६६ जापानी येन संकलन भएको हो ।

एक कार्यक्रमकाबीच बिरामीका दिदीहरु कौशिला लिम्बू र बिनिता गौचनलाई अभियानका संयोजक तथा हामीले नगरे कसले गर्ने ? अभियान जापानका अन्तराष्ट्रिय संयोजक दिपक बाबु नेपालले रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै संयोजक नेपालले अभियानमा सहयोग गर्ने सम्पूर्ण जापानबासी नेपालहरुमा धन्यवाद ज्ञापन गरे । रानामगरको हालै अप्रेसन पछि थप उपचार भइरहेको छ ।

photo 1
photo 3

photo 4

photo 5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?