सिरियाविरुद्ध जापानको ५–० को प्रभावशाली जित

Japan's Makoto Hasebe and Syria's Hamdi Al Masri in action during World Cup 2018 qualifer at Saitama Stadium in Japan on Tuesday, March 29, 2016. Photo: Reuters

टोकियो । आगामी सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको एसियाली छनोटमा जापानले प्रभावशाली जित जित निकालेको छ

समूह इको खेलमा जापानले सिरियालाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

साइतामामा भएको खेलमा जापानले १७ औं मिनेटमा नै सिरियाका हमादी अल मासरीको आत्माघाती गोलमार्फत अग्रता लिएको थियो ।

जापानका लागि सिन्जी कागावाले दुई गोल गरेभने केइसुके होण्डा र गेन्की हाराकुचीले एक एक गोल गरे ।

यो जितसँगै जापानले समूह ‘इ’ मा ८ खेलबाट २२ अंक बटुल्दै शीर्ष स्थानमा कायम रह्यो । यही समूहको अर्को खेलमा अफगानिस्तानले सिंगापुरलाई २–१ ले हरायो ।

यस्तै अस्ट्रेलियाले जोर्डनमाथि ५–१ को फराकिलो जित निकाल्यो । ३६ वर्षे भेट्रान केहिलले पहिलो हाफमै २ गोल गरे

समूह ‘सी’ चीनले कतारलाई २–० ले पराजित गर्यो भने भारत तुर्किमेनिस्तानसँग २–१ ले पराजित भयो । समूह ‘एफ’ मा इराकले भियतनामलाई १–० ले, समूह ‘एच’ मा फिलिपिन्सले उत्तर कोरियालाई २–१ ले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?