सिरियाविरुद्ध जापानको ५–० को प्रभावशाली जित

|

Japan's Makoto Hasebe and Syria's Hamdi Al Masri in action during World Cup 2018 qualifer at Saitama Stadium in Japan on Tuesday, March 29, 2016. Photo: Reuters

टोकियो । आगामी सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको एसियाली छनोटमा जापानले प्रभावशाली जित जित निकालेको छ

समूह इको खेलमा जापानले सिरियालाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

साइतामामा भएको खेलमा जापानले १७ औं मिनेटमा नै सिरियाका हमादी अल मासरीको आत्माघाती गोलमार्फत अग्रता लिएको थियो ।

जापानका लागि सिन्जी कागावाले दुई गोल गरेभने केइसुके होण्डा र गेन्की हाराकुचीले एक एक गोल गरे ।

यो जितसँगै जापानले समूह ‘इ’ मा ८ खेलबाट २२ अंक बटुल्दै शीर्ष स्थानमा कायम रह्यो । यही समूहको अर्को खेलमा अफगानिस्तानले सिंगापुरलाई २–१ ले हरायो ।

यस्तै अस्ट्रेलियाले जोर्डनमाथि ५–१ को फराकिलो जित निकाल्यो । ३६ वर्षे भेट्रान केहिलले पहिलो हाफमै २ गोल गरे

समूह ‘सी’ चीनले कतारलाई २–० ले पराजित गर्यो भने भारत तुर्किमेनिस्तानसँग २–१ ले पराजित भयो । समूह ‘एफ’ मा इराकले भियतनामलाई १–० ले, समूह ‘एच’ मा फिलिपिन्सले उत्तर कोरियालाई २–१ ले हरायो ।