जापानमा साँस्कृतिक साँझको सम्पूर्ण तयारी पूरा

टोकियो । जापानमा नयाँ वर्षको अवसरमा आयोजना गरिन लागेको साँस्कृतिक साँझको सम्पूर्ण तयारी पूरा भएको छ ।

सूदुर पश्चिमको बैतडी जिल्लामा रहेका एकै परिवारका ४ बालिकाहरुको शिक्षाका लागि सहयोगका लागि जापानमा बृहत साँस्कृतिक साँझको आयोजना गर्न लागिएको हो ।

‘हाम्रो ग्रुप जापान’ को आयोजनामा नेपाली नयाँ वर्षको अवसरमा आगामी अप्रिल ३ तारिखका दिन मिनामी ओत्सुका हलमा साँझ पाँच बजे बृहत साँस्कृतिक साँझको आयोजना गरिएको हो ।

जापानमा रहेका चर्चित र जुझारु युवा, कलाकार तथा समाजसेवीहरु मिलेर स्थापना भएको ‘हाम्रो ग्रुप जापान’ ले आयोजना गर्न लागेको उक्त कार्यक्रममा नेपालबाट तथा जापानमा रहेको चर्चित कलाकारहरुको उपस्थिति रहनेछ ।

साँस्कृतिक कार्यक्रमबाट उठेको रकम ती चार जना अपांग किशोरीको शिक्षाका साथै उद्धार तथा पुनरुत्थानसहित सहज जीवनयापनका लागि सहयोग गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपालबाट चर्चित लोकदोहोरी गायक गायिकाहरु राजु ढकाल, सावित्री जोशी, चर्चित हाँस्यकलाकार सुलेमान शंकर (इकु), मोडल रश्मी तामाङ जापान आउने छन् भने जापानमा रहेका कलाकारहरु युवराज आचार्य, सूर्य खड्का, विनोद भण्डारी तथा हाँस्यकलाकार प्रदिप कार्की, संगीता, निशा, मनिषालगायतको प्रस्तुती रहनेछ ।

इजिलिंक रेमिटले प्रायोजन गरेको कार्यक्रमको अन्तिम तयारी भइरहेको आयोजकले जनाएको छ ।Hamro-Group-Japan

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?