कार्यबहाक राजदूत राजभण्डारीद्वारा शुभकामना व्यक्त

rajdut-_japan_Gehendra_rajbhandariटोकियो । जापानका लागि कार्यबहाक नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले धादिङको मझुवामा तुइनबाट विद्यालय जाने विद्यार्थीका लागि पुल बनाउन थालेको अभियानप्रति शुभकामना व्यक्त गरेका छन् ।

झोलुङ्गे पुल निर्माणर्थ जापानको टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा नेपाली कथानक चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ आइतबार साँझ प्रदर्शन गरिएको थियो ।

‘म नेपाली ग्रुप’ जापानको आयोजनामा गरिएको चलचित्र प्रदर्शन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कार्यबहाक राजदूत राजभण्डारीले उक्त अभियानले सार्थकता पाउने विश्वास समेत व्यक्त गरे ।

फिल्मका निर्देशक तथा कलाकार दिनेश डिसीले फिल्मबाट उठेको मुनाफा रकम पुल निर्माणका लागि खर्च गरिने र जापानबाट उठेको रकम समेत अभियानमा जोडिने जानकारी दिए ।

यसले विद्यालय जानका लागि तुइनबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य विद्यार्थीहरुका लागि थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । उक्त फिल्मको दोस्रो च्यारिटी शो शनिबार हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?