नयाँ इँटा थप्ने प्रयास

Japan editionपत्रकारिताको मूलबाटोबाट तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गर्नै लाग्दा परदेशबाट स्वदेशी र परदेशीलाई नयाँ उपहार लिएर आउन पाउँदा नेपाल सन्देश डटकम परिवार हर्षित छ । नेपाल र नेपालीको सन्देश बोकेर सुरु गरेको हाम्रो यात्रा तेस्रो वर्ष पुगेर चौथो वर्षतिर लम्किदै छ ।

यो यात्रामा थुप्रै आरोह, अवरोह र बिघ्नबाधा सह्यौं । त्यो भन्दा पनि धेरै तपाई लाखौ पाठकहरुको न्यानो साथ, अमूल्य सहयोग, सदभाव र आत्मीयताले हामीलाई यहाँसम्म डोहोर्याइरह्यो । यसअर्थमा सत्य, तथ्य र निश्पक्ष समाचारको बाहक बनेर उभिएको हाम्रो यात्रामा निरन्तर साथ दिनुहुने तपाई पाठक, सुभेच्छुक तथा शुभचिन्तकहरुमा धन्यवाद नदिइरहन सक्दैनौं ।

देश यतिबेला पीडाले छटपटाइरहेको छ । हजारौं युवाहरु देशमा आफ्नो भविष्य नदेखि परदेशको कहालीलाग्दो यात्रामा डोहोरिन बाध्य छन् । त्यही परदेशी भूमिबाट परदेशी भूमिसम्म नेपाल र नेपालीका कथा–व्यथा, विदेश र विदेशीका तितामिठा अनुभवहरु समेट्दै विचारप्रधान र विश्लेषणात्मक सामग्रीका कारण एउटा फरक धार स्थापित गर्न सफल भएका छौं ।

जापानबाट सुरु गरिएको हाम्रो अनलाइन पकारिताको योजना विश्वभरी फैलिएका नेपालीको ‘हलपल सूचनाको साथी’ बनिरहनेमा प्रतिवद्ध छ । स्वतन्त्र पत्रकारिताको सिद्धान्तलाई आत्मासाथ गर्दै अघि बढ्ने क्रममा तपाईहरुसामु नेपाल सन्देश डटकमको जापान संस्करण japan.nepalsandesh.com ल्याएको जानकारी गराउँन पाउँदा धेरै खुसी छौं ।

प्रवासबाट लगानी गर्दै नेपालमै समाचार डेस्क राखी नेपाल र नेपालीसँग निकटतम सम्बन्ध बनाएको नेपाल सन्देश डटकमले नेपाली अनलाईनहरुको भीडमा बलियो उपस्थिति जनाइरहेका बेला तपाईहरु माझ ल्याउन लागिएको जापान संस्करण तपाईहरुकै सारथी बन्नेछ ।
नेपाल सन्देश डट कमको जापान संस्करणको औपचारिक सुरुवात जापानबाट गर्दै छौं ।

जापानबाट विश्वभर सञ्जाल विस्तार गर्ने उद्देश्यअनुसार जापानको टोकियोस्थित मेगुरो कुमिन सेन्टरबाट सार्वजनिक गर्न लागिएको नेपाल सन्देश डटकमको जापान संस्करण japan.nepalsandesh.com नेपाली पत्रकारिता क्षेत्रमा थप्न लागिएको अर्को एउटा इटाको रुपमा हामीले बुझेका छौं ।

हाम्रो यो यात्रालाई निरन्तर साथ दिइरहनुहुने पाठकहरु, विज्ञापनदाता, सुभेच्छुकहरुको विगतको जस्तै निरन्तर, साथ, सहयोग, माया र हौसला पाइरहने विश्वास लिएका छौं । धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?