जापानमा आज ‘फूलैफूलको मौसम तिमीलाई’ प्रदर्शन हुँदै

Phulai Phulko Mousam Timilaiटोकियो । जापानमा आज आइतबार साँझ नेपाली कथानक चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ प्रदर्शन हुँदैछ ।

नेपालको धादिङ जिल्लामा तुइनबाट झुण्डिएर जोखिमपूर्ण रुपमा विद्यालय जान बाध्य विद्यार्थीका लागि झोलुङ्गे पुल निर्माणार्थ चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

साँझ ६ बजे टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा चलचित्र प्रदर्शन हुनेछ । ‘म नेपाली ग्रुप’ जापानको आयोजनामा चलचित्र प्रदर्शन हुन लागेको हो ।

चलचित्र प्रदर्शनबाट उठेको सम्पूर्ण मुनाफा रकम झोलुङ्गे पुल निर्माणका लागि खर्च गरिने अयोजकले जनाएको छ ।

अमिर अलीको प्रस्तुती रहेको रोमान्टिक प्रेम कथा एवं सस्पेन्स कथावस्तु समेटिएको ‘फूलै फूलको मौसम तिमीलाई’ मा दिनेश डिसीको कथा तथा निर्देशन र सुरेश अधिकारीको संगीत रहेको छ ।

चलचित्रमा वास्तविक जोडी नायिका नीता ढुंगाना, नायक आमेश भण्डारी, विजय लामा, गीता अधिकारीलगायत कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?