ह्यारि केनलाई भित्र्याउन रियल र बार्सिलोनाबिच प्रतिस्पर्धा

एजेन्सी । स्पेनिस ला लिगा क्लब बार्सिलोना र रियल मड्रिड चिरपरिचित प्रतिद्धन्दी हुन । बार्सिलोनको स्पाइकर लियोनल मेस्सी र रियल म्याड्रिडको रोनल्डोले गर्दा पनि यी दुई क्लवको बढि चर्चा हुने गरेको पाइन्छ ।

खेलमा त धेरै प्रतिस्पर्धा भएको छ । अब त खेलाडीमा पनि प्रतिस्पर्धा हुन थालेको छ । ह्यारि केनलाई क्लब भित्र्याउन रियल मड्रिड र बार्सिलोनाबिच प्रतिस्पर्धा चलिरहेको छ । प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा साउथह्याम्पटनलाई ५–२ ले हराउने क्रममा टोटनह्यामका लागि ह्याट्रिक गर्दै एक वर्षमा प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने शिएररको कीर्तिमान भंग गरेका थिए ।

शिएररले सन् १९९५ मा एक वर्षमा ३६ गोल गरेर प्रिमियर लिगमा एक वर्षमा धेरै गोल गर्ने कीर्तिमान बनाएका थिए । केनले उनको कीर्तिमान भंग गर्दै एक वर्षमा ३९ गोल गरेका छन् । केनले सन् २०१७ मा सबै प्रतियोगितामा गरेर ५६ गोल गरेका छन् । २४ वर्षका केनलाई रियल मड्रिड र बार्सिलोने भित्र्याउने कोसिर गरे पनि केनले टोटनह्याम नछोड्ने इंग्ल्याण्डका पूर्व कप्तान एलन शिएररले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?