कौटिन्होलाई बार्सिलोना जान आखिर किन लगाईयो रोक ? यस्तो रहेछ कारण

ब्राजिलका महान खेलाडी रोनाल्डोले लिभरपुलका २५ वर्षे ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्होलाई बार्सिलोना नजान सुझाव दिएका छन् ।

कौटिन्होले सार्वजनिक रूपमा बार्सिलोना जाने इच्छा लिभरपुल सामु राखेपनि क्लबले उनलाई जना दिएको छैन । बार्सिलोनाले समर ट्रान्सफर विन्डोदेखि पटक पटक कौटिन्होलाई भित्राउने प्रयास गरेपनि लिभरपुलले स्पेनिस क्लबको प्रस्ताव अस्वीकार गर्दै आएको छ । एस्पोर्टे इन्टराटिभोसँगको अन्तर्वार्तामा रोनाल्डोले बार्सिलोनामा ब्राजिलियन खेलाडीलाई राम्रो व्यवहार नहुने तर रियलमा सम्मानजनक व्यवहार पाउने बताए ।

बार्सिलोना र रियल दुवै क्लबबाट खेलेका ४१ वर्षे रोनाल्डोले भने , ‘बार्सिलोनामा ब्राजिलियन खेलाडीलाई जहिलै नराम्रो व्यवहार गरिन्छ । नेयमार , रोनाल्डिन्हो, रोमारियो र म आफै यसको उदाहरण छौं । हामीले जति राम्रो खेलेपनि अन्त्यमा जहिलै नराम्रो व्यवहार हुन्थ्यो ।’ रोनाल्डोले बार्सिलोनासँग १ सिजन मात्र बिताएका थिए । उनी इन्टर मिलान हुँदै पुनः रियल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?