नाराको एक्सप्रेस–वेमा दुई सवारी ठोक्किँदा २ जनाको मृत्यु

|

टोकियो। जापानको नारा प्रिफेक्चरको एक एक्सप्रेस–वे (द्रुतमार्ग) मा एउटा कार र मिनिभ्यान एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

निशी–मेइहान एक्सप्रेस–वेको कासिबा सर्भिस स्टेसन नजिकै रहेको तीन–लेनको खण्डमा बिहान करिब १ ः १० बजे भएको दुर्घटनाअघि सवारी साधनहरूमध्ये एउटा उल्टो दिशाबाट चलाइएको प्रहरीको आशंका छ ।

कारमा सवार एक ७७ वर्षीय वृद्ध र अर्का एक पुरुषलाई मृत घोषित गरिएको छ । मिनिभ्यानमा रहेका ३२ वर्षीय पुरुष भने गम्भीर घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि राजमार्गमा सवारी आवागमन भने बन्द गरिएको थिएन ।