होर्मुज स्ट्रेट तत्काल खोल्न जापानको माग

|

टोकियो। जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले होर्मुज स्ट्रेट तत्काल खुला गर्न माग गरेकी छन् ।

प्रधानमन्त्री ताकाइचीले इरानका राष्ट्रपति मसुद पेजेशकियानसँगको टेलिफोन वार्ताका क्रममा अमेरिकासँग सम्झौताका लागि सकारात्मक नीति अपनाउन पनि आग्रह गरेकी छन् ।

उनले अहिलेको अवस्थामा इरानसँग सम्झौताका लागि राम्रो अवसर रहेको भन्दै उनले यो समयको फाइदा उठाउन आग्रह समेत गरेकी छन् ।

ताकाइचीले होर्मुज स्ट्रेटलाई छिटोभन्दा छिटो खोलेर विश्वमा देखिएको ऊर्जा संकटको समाधानमा सहयोग गर्न आग्रह गरेकी हुन् ।

यो मार्ग हुँदै एसिया र संसारभर ऊर्जा आपूर्ति गर्ने धेरै देशका पानीजहाज चल्ने गर्छन् । केही महिनादेखि अमेरिकी हमलासँगै होर्मुजको मार्ग अवरुद्ध हुँदा संसारभर ऊर्जा आपूर्ति प्रभावित बनेको छ ।