नेपाल भलिबल सङ्घको आयोजनामा टोकियोमा भलिबल प्रतियोगिता हुँदै

टोकियो । जापानमा भर्खरै स्थापना गरिएको संस्था नेपाल भलिबल सङ्घ जापानले जुलाईको २० तारि शुक्रबारका दिन जापानभरिका खेलाडीहरुको बिचमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

‘स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्ध्दनका निम्ति जापानमा स्थापना गरिएको आधिकारिक संस्था नेपाल भलिबल सङ्घ जापानले जापानमा रहेका सबै भलिबल प्रेमीहरुलाई एकजुट हुन पनि आग्रह गरेको छ ।

टोकियोको ओता-कु हिगाशी कामतामा रहेको सोगो ताइकु कान खेल ग्राउण्डमा प्रतियोगिता हुने भएकोले सबैलाई तयार रहन आग्रह गर्दै पुरष्कारको बारेमा छिट्टै जानकारी गरिने अध्यक्ष नबिन गुरुङ्गले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?