मोदी हेलिकप्टरमा सिधै जनकपुर आउने, मुक्तिनाथ पनि जाने

२ दिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते हेलिकप्टरबाट सिधै जनकपुर ओर्लने भएका छन्।

मोदीको भ्रमण तयारीको निरीक्षण गर्न मंगलबार जनकपुर पुगेका गृहमन्त्री रामबहादुर थापाले मोदी काठमाडौं नगई सिधै हेलिकप्टरबाट जनकपुर आउन लागेको जानकारी दिए।

मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले सो जानकारी दिएका हुन्।

बिहारको पटनासम्म हवाइजहाजमा आउने मोदी त्यहाँबाट हेलिकप्टरमा जनकपुर आउनेछन्।

गृहमन्त्रीका अनुसार मोदीको जनकपुरधाम भ्रमणका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरधाम पुग्नेछन् यसपालिको भ्रमणमा मोदी मुक्तिनाथ जाने कार्यक्रम रहेको पनि थापाले बताए।

गृहमन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदीको यस पटकको नेपाल भ्रमणमा राजनीतिक सम्झौताको कुनै कार्यक्रम नरहेको स्पष्ट गरे।

यसअघिको भ्रमण पनि मोदी स्थलमार्गबाटै जनकपुर आउने चर्चा थियो। तर अन्तिम समयमा उनी जहाजबाट काठमाडौं ओर्लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?