म्याराडोनाले दिए प्रशिक्षकबाट राजीनामा

काठमाडौं । डिएगो म्याराडोनाले अल फुजाइराह क्लबको प्रशिक्षकबाट राजीनामा दिएका छन् । अर्जेन्टिनाका पूर्वखेलाडी ५७ वर्षे म्याराडोना मे महिनादेखि सो क्लबको प्रशिक्षक थिए ।

तर संयुक्त अरब इमिरेट्सको दोस्रो डिभिजनको शीर्ष दुईमा पर्न असफल भएपछि उनले राजीनामा दिएको बताइएको छ ।

शुक्रबार खोर्फाकान क्लबसँग अल फुजाइराह क्लब १–१ को बराबरीमा रोकिएको थियो । यससँगै शीर्ष दुईमा पर्ने सम्भावना सकिएको छ ।

यसअघि म्याराडोनाले अर्जेन्टिनाको राष्ट्रिय टिममा सन् २००८ देखि २०१० सम्म प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

त्यसपछि उनी अल वास्ल क्लब हुँदै पछिल्लो समय अल फुजाइराह क्लबमा प्रशिक्षकको भूमिकामा थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?