ओसाकामा सम्पन्न भलिवल प्रतियोगिताको उपाधि ए वान स्पोर्ट्स क्लवलाई

टोकियो । गल्कोट समाज जापान कान्साइ क्षेत्रीय समिति ओसाकाले गत अप्रिल २० मा आयोजना गरेको मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको उपाधि ए वान स्पोर्ट्स क्लवले उचालेको छ ।

सो प्रतियोगिताको द्वितीय उपाधि आयोजकले जित हात पारेको छ ।

उक्त खेलमा ७ टिमको उपस्थित थियो । भरत जिसीले रेफ्रीको जिम्मा लिएका थिए ।

आत्मराम गैरेको प्रमुख आतिथ्यतामा सुरु भएको खेलको खेल संयोजक अध्यक्ष सुमित खत्री रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?