फुकुशिमाका भूकम्प पीडितलाई ११ करोड येन क्षतिपुर्ति दिन टेप्कोलाइ अदालतको आदेश

टोकियो । २०११ को आणविक प्रकोपका कारण मनोवैज्ञानिक समस्या भएका फुकुशिमा प्रान्तका स्थानिय वासिन्दालाइ ११ करोड येन क्षतिपुर्ति दिन जापानको एक अदालतले टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) लाइ आदेश दिएको छ ।

घरबारविहिन भएर आफुहरुमा मनोवैज्ञानिक समस्या देखिएको दावी गर्दै स्थानियले कम्पनीका संचालकविरुद्ध मुद्दा दायर गरेपछि ३२१ मध्ये ३१८ वादीहरुलाइ क्षतिपुर्तिका लागि टोकियो जिल्ला अदालतले उक्त आदेश दिएको हो । बाँकी ३ वादीहरुको दावीलाइ अदालतले अस्वीकार गरेको छ । २०११ को भुकम्प र सुनामीले आणविक उर्जा केन्द्र ध्वस्त भएपछि दायर गरिएका यस्तै ३० मुद्दामध्ये सुनुवाइ भएको यो चौथो मुद्दा हो ।

सरकारको क्षतिपुर्ति निर्देशिका अनुसार टेप्कोका संचालकले यसअघिनै प्रतिव्यक्ति ८५ लाख येन क्षतिपुर्ति दिने घोषणा गरिसकेका थिए भने अदालतले थप ३३ लाख येन क्षतिपुर्ति दिन आदेश दिएको हो । प्रकोपपूर्व १२ हजार ८ सय जनसंख्या भएको उक्त जिल्लामा २०१७ डिसेम्बरसम्म मात्र २४ सय जनसंख्या रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?