जापानका रक्षा मन्त्रीले भने–तत्काल अमेरिकी सैन्य हेलिकोप्टरको उडान रद्द

टोकियो । जापानी रक्षा मन्त्री इटुन्नी ओनोडराले अमेरिकी सीएच– ५३ ई हेलिकप्टरको अनिश्चितकालका लागि उडान रद्ध गर्ने बताएका छन् । हालसालै दुर्घटनामा परेसँगै स्थानीयले उक्त हेलिकोप्टरबाट हुनसक्ने सुरक्षासम्बन्धी विषयमा चिन्ता व्यक्त गरेका थिए ।

जापानमा रहेको अमेरिकी सैन्य अखडाले दक्षिण द्वीपमा रहेको सवै सीएच ५३ हेलिकप्टरका लागि ९६ घण्टा सञ्चालन रोक्नका लागि निदेर्शन जारी गरेको थियो ।

जसबाट यो पुन सञ्चालनका लागि सुरक्षित छ भन्ने सन्देश जान सकोस् भन्ने सरकारको चाहना रहेको थियो । तर जापानी मन्त्रीले टोकियोमा अमेरिकी कमाण्डरसँग कुराकानी गर्दै अप्रेशनका लागि कुनै समयसीमा निर्धारण गर्न नहुने बताएका छन् ।

बुधबार अपराह्न सी एच ५३ परीक्षण उडानका क्रममा आपतकालिन अवतरण गर्दा अमेरिकी सैन्य तालिम केन्द्र नजिक ओकिनवा क्षेत्रमा दुर्घटनामा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?