जापानी रक्षा मन्त्रीले भने– अक्टोबर दशमा उत्तर कोरियाले आतंक मच्चाउन सक्छ, सचेत रहनु

टोकियो । रक्षा मन्त्री इटुनारी ओनोडेरी र क्याविनेटका मुख्य सचिव योशिहिदी सुगाले संयुक्त रुपमा जापानी मिसाइल इकाइको निरीक्षण गरेका छन् । उनीहरुले पैट्रियट एडवास्ड क्याविलिटी ३ को निरीक्षण गरेका हुन् ।

गत हप्ता अनोनोडराले १० अक्टुबरमा उत्तर कोरियाले उत्तेजना देखाउने सम्भावना रहेको बताएका थिए ।

अक्टुबर १० मा उत्तर कोरियाको कम्युनिष्ट पार्टीको स्थापना दिन हो ।

जापानमा पनि मंगलबार तल्लो सदनको निर्वाचन छ । यस्तो अवस्थामा सचेतताका साथ काम गर्न मन्त्री ओनोडेरीले सैन्य अधिकारीलाई निर्देशन समेत दिएका छन् ।

दश अक्टोबरलाई ध्यानमा राखेर सचेत रहन र जापानी समुद्री इलाकामा विशेष निगरानी राख्न पनि उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?