ओताकु नेपाली कम्युनिटीले सामुहीक टिका ग्रहण कार्यक्रम गर्ने

टोकियो । जापानको ओताकुमा रहेका नेपालीहरुले सामुहिक टिका ग्रहणको कार्यक्रम आयोजना गर्ने भएका छन् ।

ओताकु कम्युनिटी कमताको आयोजनामा सामुहिक टिका ग्रहणको कार्यक्रम गर्न लागिएको हो । सुन साई इचागया कामता ५–२१–१५ (सोलमारीको तल) सामुहिक टिकाको कार्यक्रम तय गरिएको छ ।

३० तारिखका दिन दिउँसो १ बजेदेखि ४:३० सम्म टिकाको कार्यक्रम हुने संयोजक केशव अधिकारीले जानकारी दिए । कार्यक्रमको आयोजना अधिकारी सहित दिपेन्द्र केसी, कुलचन्द्र पोखरेल, अर्जुन अधिकारी, हीमाल पन्थी, कमल अधिकारी, माधव गौतम, सुजन बुढाथोकी र शिव पराजुलीले गरेका हुन् ।

थप जानकारीका लागि ०९०-३५९०-०१०८ , ०९०-१७०२-४०४९ ,०९०-६५०२-८०५५, ०८०-३३५५-७६४३ मा सम्पर्क गर्न आयोजकले ओकातुबासी नेपालीहरुलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?