चीनले उत्तर कोरियालाई तेल नबेच्ने, जापानी प्रधानमन्त्रीसँग परामर्श थाल्ने

टोकियो । चीनले उत्तर कोरियातर्फ गर्ने गरेको पेट्रोलियम पदार्थ आपूर्तिलाई आगामी अक्टुवर १ देखि नियन्त्रण गर्ने भएको चिनियाँ बाणिज्य मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियाद्वारा निरन्तर रूपमा गर्दै आएका आणविक अस्त्र परीक्षणलाई लिएर आर्थिक प्रतिबन्ध लगाउने बिषयप्रति लक्षित गर्दै उक्त निर्णय गरेको हो ।

चीनले उत्तर कोरियामाथि प्रतिबन्ध कडा पार्दै उक्त मुलुकबाट आफूले गर्ने कपडाको आयातलाई शनिबार (सेप्टम्वर २३) बाट नै बन्द गरिएको घोषणा गरेको छ ।

संयुक्त राष्ट्रसंघले तयार पारेको चीन तथा उत्तर कोरियाबीचको भन्सार तथ्याङ्क अनुसार सन् २०१६ मा चीनबाट प्रतिदिन छ हजार ब्यारेल इन्धन उत्तर कोरिया निर्यात गरिएको थियो । तर चीनले सन् २०१४ पछि उत्तर कोरियालाई दिने गरेको इन्धनको तथ्याङ्क सार्वजनिक नगरेका कारण इन्धन निर्यातको वास्तविक तथ्याङ्क भने सार्वजनिक हुन नसकेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघले ११ दिनअघि पहिले पारित गरेको नयाँ प्रतिबन्ध अनुसार पछिल्लो चिनियाँ घोषणा आएका भएपनि यस बिषयमा विश्व समुदायलाई विश्वस्त पार्न खुला नाकाको फाइदा लिँदै हुनसक्ने चोरी निकासीमा नियन्त्रण गरेको सुनिश्चित गर्नुपर्नेछ ।

चीनको उत्तर कोरियामाथिको प्रतिबन्धपछि कपडाको व्यापारबाट गर्ने प्रमुख आम्दानीमा ठूलो घाटा हुने देखिएको छ । किनकी उत्तर कोरियाको आम्दानीको दोस्रो प्रमुख आधार कपडाको विक्री हो । चीनको प्रतिबन्धपछि प्योङ्याङ्ले वार्षिक ७० करोड डलर बराबरको आम्दानीको स्रोत भने गुमाउने अनुमान गरिएको छ ।
यसैबीच उत्तर कोरियालाई शान्तिको बाटोमा ल्याउन जापानी प्रधानमन्त्रीसँगको छलफललाई निरन्तरता दिइएको छ आगामी दिनमा जापान र चीनबा कीच साझा रणनीति तय गर्ने तयारी भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

शुरुमा वासिङ्टनले उत्तर कोरियामाथि पूर्ण प्रतिबन्ध लगाउन आग्रह गरेपनि चीन र रसियाको समर्थन लिन पछि उक्त अडानमा अमेरिका केही लचिलो बनेको हो । जसका लागि जापानी प्रधानमन्त्री आबेले मध्यस्थताको भुमिका खेलेका थिए । चीन उत्तर कोरियाको एकमात्र र प्रमुख ब्यापार सहयोगी रहेको र उत्तर चीनमाथि करिव ९० प्रतिशत आर्थिक क्रियाकलापमा जिम्मेवार रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?