जापानको आकासलाई निशाना बनाउन खोजे उत्तर कोरिया क्षणभरमै ध्वस्त हुन्छः ट्रम्प

टोकियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाले जापानी आकास र समुद्रमा निरन्तर क्षेप्यास्त्र परिक्षण गरिरहे आफुहरुले सहेर बस्न नसक्ने बताएका छन् ।
उत्तर कोरियाका कारण विश्वलाई नै खतरा उत्पन्न भएको भन्दै ट्रम्पले अब सहेर बसिरहने पक्षमा आफुहरु नरहेको पनि बताए ।

बुधबार राति अबेर संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै उनले अहिलेसम्म आफुहरु संयमित भएको तर, उत्तर कोरियाले आफुहरुलाई जिस्काउने क्रम बन्द नगरे जवाफी कारबाही गर्ने चेतावनी दिए ।

उनले अमेरिका र अमेरिकाको सहयोगी राष्ट्रहरु जापान, दक्षिण कोरिया लगायतका देशको रक्षाका लागि पनि अब किम जोन उनको सत्ताविरुद्व कारबाही गर्न बाध्य हुने बताए ।

ट्रम्पले अब हुने सैन्य कारबाही उत्तर कोरियालाई पूर्ण रुपमा ध्वस्त पार्ने खालको हुने बताएका छन् ।

उनले उत्तर कोरियाली नेता किमलाई रकेट म्यानको संज्ञा दिँदै किम आत्महत्याको बाटोतिर उन्मुख भइरहेको र त्यो दिन छिट्टै आउने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?