एनआरएनएको एसिया संयोजकमा श्रेष्ठको उम्मेदवारी

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यकालका लागि धमाधम उम्मेदवारी घोषणा भैरहेका छन् । यही सन्दर्भमा गोविन्दप्रसाद श्रेष्ठ (रोविन्द)ले एसिया प्यासिफिक क्षेत्रको संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए अभियानको सुरुवातसँगै विभिन्न जिम्मेवारीमा जिडीदै आएका श्रेष्ठ एनआरएनए जापानको सदस्य, उपाध्यक्ष हुँदै अन्तर्राष्ट्रिय सम्वन्वय परिषद्मा पुगेका हुन् ।

आइसिसि सदस्यहुँदै दुई पटक एसिया प्यासिफिक क्षेत्रको सहसंयोजक पदमा रहि आफ्नो जिम्मेवारी निर्वाह गरेका श्रेष्ठले सोमबार संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

श्रेष्ठले एसिया क्षेत्रका प्रतिनिधिलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

उनले आफु विभिन्न पद हुँदै दुई पटक सहसंयोजक भएकाले स्वभाविक रुपमा आफु संयोजकको दाबेदार रहेको पनि बताए ।

उनले एनआरएन अभियानलाई प्रवासी नेपालीको साझा मञ्च निर्माणको अभियानमा आफुलाई सहयोग गर्न अपिल गरे । उनले अब आफु एनआरएन अभियानमा समाहित भएको बताउँदै सबैको साथ, सहयोग र सल्लाहमा अघि बढ्ने बताए ।

सात वर्ष हङकङमा बसेर अहिले जापानमा रेष्टुरेण्ट लगायतका व्यावसाय गरिरहेका श्रेष्ठले आफु एनआरएनए अभियानमा सधैं सक्रियताका साथ लागिरहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?