अमेरिकी राष्ट्रपतिको चिनियाँ राष्ट्रपतिलाई फोन, उत्तरको आतंक रोक्ने प्रयास

टाेकियाे । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार बिहान फोन वार्ता भएको छ । 
उनीहरुबीच अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणका विषयमा कुराकानी भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले यसैबर्षको अन्त्यतिर चीनको भ्रमण गर्दै छन्न ।

अमेरिकी राष्ट्रपतिको चीन भ्रमण, पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा सिर्जना भएको तनावका साथै समसामयिक विश्व राजनीतिका बारेमा उहाँहरुबीच फोनवार्ता भएको जानकारी चिनियाँ समाचार समिति, सिन्ह्वाले दिएको छ ।

सो फोनवार्ताका क्रममा चीनले अमेरिकासँग सहकार्य गर्ने र यसबाट आपसी हितका क्षेत्रमा आगामी दिनमा पनि मिलेर काम गर्ने वातावरण निर्माण भएको जानकारी चिनियाँ राष्ट्रपति जिनपिङले दिएका छन्र ।

राष्ट्रपति जिनपिङले अमेरिकी राष्ट्रपतिको चीन भ्रमण दुवै देशका लागि एक ऐतिहासिक उपलब्धि हो भन्दै यसबाट दुई देशका लागि साझा फाइदा पुग्ने धारणा राखेको जनाइएको छ ।

सो फोनवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले आफू चीनको भ्रमणमा आउन प्रतिक्षारत रहेको बताएका थिए ।

साथै यस भ्रमणले चीन र अमेरिकाबीचको सम्बन्धलाई आगामी दिनमा थप उचाइमा पुर्याउने र यसले द्विपक्षीय हित र आपसी फाइदाका नयाँ सम्भावनाहरुको ढोका खोल्ने राष्ट्रपति ट्रम्पले बताएका थिए ।

साथै उनीरुले हालैका केही दिनयता उत्तर कोरियाले आणविक परीक्षणहरुलाई निरन्तरता दिइरहेकोले यसका कारण कोरियाली प्रायद्वीपमा जारी तनाव कमगर्ने विषयमा पनि कुराकानी भएको थियो ।

उनीहरुबीच गएको दुई हप्तायतामात्र दुई पटक फोन वार्ता भएको सिन्ह्वाले जानकारी दिएको छ । यसअघि उत्तर कोरियाले हाइड्रोजन बमको परीक्षण गरेपछि पनि उनीहरुबीच फोनवार्ता भएको थियो । अमेरिकाले चीनलाइर् अाफु र जापानसँग सहकायर् गर्न जाेड दिदै अाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?