जापानकाे चर्चित मित्सुबिसी माेटर्स कम्पनीमा छापा

Mitsubisiटाेकियाे । जापानमा निमार्ण गरिने मित्सुबिशी मोटर कम्पनीमा सरकारले छापा मारेको छ ।

सो कम्पनीमा उत्पादन गरेको गाडीको गलत जानकारी दिई गाडी बेचिएको भन्दै सरकारले छापा मारेको हो ।

कम्पनीमा उत्पादीत गाडीको माईलेजलाई लिएर गलत प्रचार गरी गाडी बिक्री गदै आएको थियो ।

मित्सुबिशी कम्पनीले आफनो कम्पनीका कर्मचारीबाट यस्तो कार्य भएको भन्दै माफी समेत मागेको छ ।

७० हजार निशान कम्पनीको गाडी लिएर मित्सुबिशी कम्पनीले निर्माण गरेपछि निशान कम्पनीले मित्सुबिशी कम्पनीको गाडीको कमजोरी पत्ता लगाएको थियो ।

जापान सरकारका प्रवक्ताले यो अत्यन्तै दुःखद घटना भएको बताएका छन् । उनले कम्पनीलाई आफनो सम्पूर्ण विवरण सरकारलाई बुझाउन माग गरेका छन् ।

उक्त घटनाको कारण सरकारले २७ अप्रिल सम्ममा मित्सुबिशी कम्पनीलाई कम्पनीको सम्पुर्ण प्रतिवेदन तयार गर्ने निर्देशन दिएको छ । जापानको ओकाजाकी शहरमा मित्सुबिशी कम्पनी रहेको छ ।

_89363018_kgaz4mrg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?