बृहत सांस्कृतिक साँझमा सहभागी हुन कलाकारहरु जापानमा

Japan Kalakarटोकियो । ‘हाम्रो ग्रुप जापान’ ले नयाँ वर्षको अवसरमा आयोजना गर्ने बृहत साँस्कृतिक कार्यक्रममा सहभागी हुनका लागि कलाकारहरु जापान आइपुगेका छन् ।

कार्यक्रममा सहभागी हुन चर्चित लोकदोहोरी गायक गायिकाहरु राजु ढकाल, सावित्री जोशी, चर्चित हाँस्यकलाकार सुलेमान शंकर (इकु), मोडल रश्मी तामाङलगायत जापान आइपुगेका हुुन् ।

उनीहरुलाई नारिता इन्टरनेशनल एयरपोर्टमा हाम्रो ग्रुप जापानका अध्यक्ष विनोद भण्डारी, समाजसेवी दिलु खत्री, तेज अर्याललगायतले स्वागत गरेका थिए ।

इजिलिंक रेमिटको प्रायोजन तथा ‘हाम्रो ग्रुप जापान’ को आयोजनामा नेपाली नयाँ वर्षको अवसरमा अप्रिल ३ तारिख आइतबारका दिन मिनामी ओत्सुका हलमा साँझ पाँच बजे बृहत साँस्कृतिक साँझ हुँदैछ ।Japan Kalakar 1

कार्यक्रममा जापानमा रहेका चर्चित कलाकारहरु युवराज आचार्य, सूर्य खड्का, विनोद भण्डारी, हाूय कलाकार प्रदिप कार्की, संगीता, निशा, मनिषालगायतको समेत प्रस्तुती रहनेछ ।

साँस्कृतिक कार्यक्रमबाट उठेको रकम ती चार जना अपांग किशोरीको शिक्षाका साथै उद्धार तथा पुनरुत्थानसहित सहज जीवनयापनका लागि सहयोग गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?