अमेरिकापछि सूर्य कर्पोरेसनले क्यानडा, युके, अस्ट्रेलिया र युरोप पठाउने

Surya Corporationटोकियो । जापानबाट अमेरिका पठाउन विभिन्न स्थानमा सेमिनार गरेको सूर्य कर्पोरेसनले अब अन्य देशहरुमा समेत पठाउने तयारी गरेको छ ।

जापानमा मुख्यजसो शहरहरुमा अमेरिका सम्बन्धि सेमिनारपछि क्यानडा, अस्ट्रेलिया, बेलायत र अन्य युरोपियन देशहरुका लागि समेत काम गर्ने घोषणा गरेको हो ।

अमेरिका पठाउने प्रक्रियाको सुरुवातसँगै कर्पोरेशनमाथि केही प्रश्न उठाइएपनि त्यसको समाधान गर्दै आएको कर्पोरेशनले जनाएको छ ।

करिब तीन महिनाको अन्तरालमा अमेरिकाको ५ वर्षे भिजा पाइसकेका र प्रक्रियामा रहेकाहरु सबैको बारेमा सामाजिक सञ्जालबाटै जानकारी उपलब्ध गराउँदै जाने उसले जनाएको छ ।

अमेरिका जानका लागि सबै जानकारी आफैंले हासिल गरेर प्रक्रिया अघि बढाउन सके कम लागतमै जान सकिने र आफूलाई जानकारी नभएका तथा समय अभाव हुनेहरुका लागि भिजा प्रक्रियाको सम्पूर्ण काममा सहयोग गर्ने कर्पोरेसनको भनाई छ ।

जापानको क्युश्युमा मुख्य कार्यलय रहेको कर्पोरेसनले यहि अप्रिल महिनाबाट टोकियोमा पनि कार्यलय सञ्चालनमा ल्याएको छ भने आफ्नै वेबसाईट समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

कर्पोरेसनको वेबसाइट डिजाइन अन्तिम चरणमा पुगेको र गोल्डेन विकको अवसरमा आयोजना गर्न लागिएको साँस्कृतिक कार्यक्रम ‘साकुरा नाईट’ कै अवसरमा लन्च गरिने जनाएको छ ।

उक्त कार्यक्रममा चर्चित गायक रामकृष्ण ढकाल, हिमाल सागर, मिलन अमात्य, जितु नेपाल र संचारकर्मी नरेश भट्टराईलगायतको प्रस्तुती रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?