जापान, दक्षिण कोरिया र अमेरिकाले उत्तरलाई दिए चेतावनी

Japan, America and south Koreaटोकियो । जापान, अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाको परमाणु कार्यक्रमबारे छलफल गरेका छन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा, दक्षिण कोरियाली राष्ट्रिपति पार्क गुनहेई र जापानी प्रधानमन्त्री सिन्जो आवेबीच उत्तर कोरियाको परमाणु कार्यक्रमबारे छलफल भएको हो ।

अमेरिकाको वासिंटनमा भएको परमाणु शिखर सम्मेलनका क्रममा उनीहरुबीच साइड लाइन वार्ता भएको हो । उनीहरुले उत्तर कोरियालाई परमाणु कार्यक्रम बन्द गर्न संयुक्त रुपमा चेतावनी दिएका छन् ।

ओबामाले सोही क्रममा चिनियाँ राष्ट्रपति शि जिनपिङसँग पनि उत्तर कोरियाको परमाणु कार्यक्रमबारे छलफल गरेका थिए ।

केही समयअघि उत्तर कोरियाले लागातर दुईवटा परमाणु हतियार परीक्षण गरेपछि अमेरिकाले उत्तर कोरियामाथिको नाकाबन्दी थप कडा बनाएको थियो ।

उत्तर कोरियाले भने त्यसलगत्तै अमेरिकाको राजधानी वासिंङटन डिसी ध्वस्त बनाएको एनिमेसन तस्वीर सार्वजनिक गरेको थियो ।

उनीहरुबीच पनि उत्तर कोरियाको परमाणु क्षेप्यास्त्र परीक्षण रोक्न सामूहिक रुपमा अघि बड्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?