गल्कोट स्पोर्टस क्लवको मैत्रीपूर्ण भलिबलको तयारी पूरा

Galkot Sports Club japanटोकियो । नेपाली नयाँ वर्ष २०७३ को अवसरमा गल्कोट स्पोर्टस् क्लबले आयोजना गर्न लागेको ‘दोस्रो रनिङ कप भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

गल्कोट स्पोर्टस क्लबको आयोजनामा ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने मूल नारासहित आगामी अप्रिल ३ तारिखका दिन दोस्रो रनिङ भलिबल प्रयोगिताको आयोजना गर्दैछ ।

उक्त प्रतियोगितामा १० वटा टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । टिम दर्ताका लागि मार्च २९ तारिखसम्म तोकिएको थियो । सोहीअनुसार १० वटा टोलीले सहभागिताका लागि टिम दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?