टोकियो। अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा भइरहेको विश्वकप फुटबलको सहआयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ ।
समूह डी अन्तर्गत शनिबार बिहान भएको खेलमा अमेरिकाले दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पाराग्वेलाई ४–१ को फराकिलो अन्तरले हराएको छ ।
पहिलो हाफमा नै पाराग्वेविरुद्ध ३ गोल गरेको अमेरिकाले दोस्रो हाफमा एक गोल गर्दा एक गोल खाएको हो ।
अमेरिकाको जितमा फ्लोरियन बालोगुनले २ गोल गरे भने दोस्रो हाफको अतिरिक्त समयमा जियोभान्नी रेनाले एक गोल गरे । पाराग्वेका डामियन बाबोडिल्लाले एक आत्मघाती गोल गरेका थिए ।
पाराग्वेका माउरिसियोले ७३औं मिनेटमा एक गोल फर्काएका थिए ।
यो जितसँगै समूहमा अमेरिकाले ३ अंक जोडेको छ भने पाराग्वेलाई अघिल्लो चरण पुग्न बाँकी दुवै खेल जित्नुपर्ने दबाब बढेको छ ।
यो समूहमा एसियाली टोली अस्ट्रेलिया र युरोपको अर्को टोली टर्की रहेका छन् ।


