विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

|

टोकियो। अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा सुरू भएको फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले बराबरी खेल्दै अंक बाडेका छन्।

क्यानडाको टोरन्टो स्टेडियममा भएको समूह बीको पहिलो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ गाेलको बराबरी खेलेका हुन् । यससँगै दुवै टोलीले समूहमा समान एक/एक अंक जोडेका छन्।

खेलमा पहिलो अग्रता भने बोस्निया एन्ड हर्जगोभिनाले लिएको थियो । खेलको २१औँ मिनेटमा जोभो लुकिचले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफको ७८ औं मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो ।

क्यानडाका काइल लारिनले एक गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल एक/एक गोलको बराबरीमा सकियो।