पक्राउ परेका अनमोल केसी नर्भिक अस्पताल भर्ना

शुक्रबार पक्राउ परेका अभिनेता अ樂威壯 नमोल केसी अस्पताल भर्ना भएका छन् । उनलाई प्रहरीले आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’ का निर्माताको उजुरीपछि पक्राउ गरेको हो ।

छातीमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ । भक्तपुरको साँगाबाट शुक्रबार बेलुका पक्राउ गरेर प्रहरीले उनलाई अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो ।

त्यहाँ उनलाई भेट्न उनी निकट चलचित्रकर्मी पुगेका थिए । अनमोलको आगामी फिल्म ‘जेरी अनटप’ का निर्माता सरोज न्यौपानेले छातीमा केही समस्या भएपछि अनमोललाई नर्भिकमा भर्ना गरिएको जानकारी दिएका छन् ।

‘रावायण’ फिल्मको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले १० लाख रुपैयाँ पेश्की लिएर पनि अनमोलले फिल्म खेल्न नमानेको भन्दै प्रहरीमा विश्वासघातको उजुरी दिएकी थिइन् ।

उनकै उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । शनिबार साप्ताहिक बिदा भएका कारण प्रहरीले आइतबार अनमोललाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?