क्यानको सचिवमा पारस खड्का विजयी

नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा पूर्वकप्तान पारस खड्का विजयी भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै खड्का विजयी भएका हुन् ।

कुल ८५ जना मतदाता रहेकोमा पारसले ४८ र प्रशान्तले ३७ मत पाएका छन् । पारस क्यानको बागमती प्रदेशको अध्यक्ष समेत हुन् ।

क्यानका पदाधिकारीहरुमध्ये अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भइसकेका छन् ।

महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया निर्विरोध चयन भएका छन् । अन्य पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक एक जना सदस्य र खुला ५ जना सदस्यका लागि पनि चुनाव भएको थियो ।

जसमा कोशीबाट अर्जुन पौडेल ४७ मत प्राप्त गर्दै विजयी भएका छन् । मधेश प्रदेशबाट माधव कुमार कर्मचार्य र मोहम्मद दाउद अन्सारीको बराबर ४२ भोट भएपछि गोला प्रथाबाट कर्माचार्य विजयी भए ।

गण्डकीबाट सुदीप शर्मा ५२ मतसहित विजयी हुँदा बागमतीबाट दिवाकर घलेले ४६ र सुदूरपश्चिमबाट विक्रम विष्ट ४९ भोट प्राप्त गरेर विजयी भए ।

खुल्ला सदस्यमा धीरेन्द्र साउद ५९, दुर्गाराज पाठक ५४, आयुष श्रेष्ठ ५१, वीरेन्द्र चन्द ३४ मत ल्याएर निर्वाचित भए । करण महतरा क्षेत्री र ऋषिराम गौतमको समान २६ मत आएपछि गोलाप्रथाबाट करण चयन भएका छन् ।

樂威壯 lass=”wp-block-image size-large is-resized”>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?