गलकोट कप भलिबलको उपाधि घुम्टे युवा परिवारलाई

दोस्रो गलकोट कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि घुम्टे युवा परिवार जापानले जितेको छ ।

गल्कोट समाज जापान कान्साइ क्षेत्रीय समितिले आयोजना गरेको दोस्रो गल्कोट कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा गलकोट स्पोर्ट्स टोकियोलाई सिधा सेटमा पराजित गर्दै घुम्टे युवा परिवारले उपाधि हात पारेको हो ।

खेलमा प्रथम हुने टिमलाई ३ लाख ५५ हजार ५५५ नगदसहित गलकोट कप, प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई २ लाख २२ हजार २२२ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने दुई टिमलाई नगद ५५ हजार ५५५ प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा निलम सिंह उत्कृष्ट खेलाडी, मनोज केसी उत्कृष्ट डिफेण्डर र रमेश खड्का उत्कृष्ट सेटरको रुपमा पुरस्कृत भए भने उपविजेता टिम गल्कोट स्पोर्ट्स क्लब टोकियोका रेशम बस्नेत वेस्ट स्पाईक र सुनिल बस्नेत वेस्ट ब्लकरका रुपमा पुरस्कार हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?