एसिया कपका लागि सन्दिप गए पाकिस्तान, जाँदाजाँदै के भने ?

नेपाली टोलीका पूर्वकप्तान सन्दीप लामिछाने एसिया कप क्रिकेटका लागि सोमबार पाकिस्तान प्रस्थान गरेका छन् ।

पाकिस्तान जानुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले भारत र पाकिस्तानविरुद्ध राम्रो खेलेर नेपालीको मन जित्ने बताए ।

लामिछानेले अहिले टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको बताए । विश्वका उत्कृष्ट टिमहरु पाकिस्तान र भारतसँग क्रिकेट खेल्नु खुशीको कुरा भएको उनको भनाई थियो ।

लामिछानेले अब आगामी दिनमा पनि पाकिस्तान र भरतसँग खेल्ने वातावरण बनाइरहन मेहनत गर्नुपर्ने बताए । नेपालले एशिया कपमा ३० अगस्टमा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?